images

एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन 

काठमाडौं । एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन  भएको छ । तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ । चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो छुट्टै परिचय बनाएकी थिइन् ।उनले १२ वर्षको उमेरमा बोनम्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन् । उनकी एक छोरी छिन् । अन्त्येष्टिका लागि परिवार चितवनबाट काठमाडौँ आउँदैछन् ।
 

मङ्गलबार ७ असोज २०८२ १२:०१ PM मा प्रकाशित

प्रतिक्रिया