images

एसीमिलानको च्याम्पियन्स लिगमापहिलो जीत

काठमाडौं । इटालियन क्ल्बएसीमिलानले युइएफएच्याम्पियन्स लिगमापहिलो जीतदर्ता गरेको छ । लगातार दुई खेलमा पराजितभएको एसी मिलानले मंगलबार रातिभएको खेलमा बेल्जियनक्लबब्रुगलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान सान सिरोमा भएको खेलमा नेदरल्यान्ड्सका खेलाडी तिज्जानी रेजिन्डर्सले दोस्रो हाफमादुई उत्कृष्ट गोल गरे, जसले मिलानलाई २०२४ को प्रतियोगितामापहिलो तीनअंकदिलायो । खेलको ३४ औंमिनेटमा क्रिस्टियन पुलिसिकले कार्नरबाट सिधै गोल गर्दै मिलानलाई अग्रतादिलाएकाथिए । ४० औंमिनेटमा नाइजेरियन मिडफिल्डर राफाएलओन्येडिकाले रेजिन्डर्सलाई गरेको फउलको लागि रातो कार्ड पाउँदाब्रुग १० खेलाडीमा सीमितभएको थियो । १० खेलाडीमा रहे पनिब्रुगकाकिरियानी साब्बेले ५१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमाल्याएकाथिए । ६१ औं र ७१ औं मिनेटमा तिज्जानी रेजिन्डर्सले गोल गर्दै एसी मिलानलाई ३–१ को अग्रतादिलाए । ८८ औंमिनेटमा १६ वर्षीय फ्रान्सेस्को कामार्दाले हेडरबाट गोल गरेपनि अफसाइडका कारण रद्द भयो । जसले युइएफएच्याम्पियन्स लिगमानाम लेखाउने अवसर गुमाए । अन्ततःएसीमिलान ३–१ गोल अन्तरको पहिलो जीतदर्ता गर्न सफलभयो । च्याम्पियन्स लिगको अर्को खेलमा एसी मिलानले रियल मड्रिडसँग खेल्ने छ ।
 

बुधबार ७ कात्तिक २०८१ ०८:०१ AM मा प्रकाशित

प्रतिक्रिया