images

घरदैलोमा ईश्वर पोखरेल स् राष्ट्रिय मुद्दालाई प्राथमिकता दिने उद्घोष

काठमाडौं । नेकपा एमालेका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । घरदैलोका क्रममा उनले आफ्ना योजनाहरु पनि मतदातालाई सुनाइरहेका छन् ।मंगलबार आफ्नै निर्वाचन क्षेत्र बालुवाटारमा भेटिएका उनले आगामी राजनीतिक योजना र प्राथमिकताहरु नेपाल न्यूज बैंकसँग साझा गरेका छन् ।उनले आफू निर्वाचित भएपछि राष्ट्रिय स्तरका एजेण्डाहरुलाई अगाडि बढाउनुका साथै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका कामलाई सँगसँगै अगाडि बढाउने बताए ।‘निर्वाचित भएर गइसकेपछि राष्ट्रिय स्तरका एजेण्डाहरुलाई अगाडी बढाउन भूमिका खेल्नेछु । निर्वाचन क्षेत्रभित्रका विकास निर्माणका कामलाई निरन्तरता दिनेछु । देशको सार्वभौमिकता, अखण्डता, स्वाधिनता, स्वतन्त्रता र अभिमानको पक्षमा उभिने छु । जातीय सद्भावलाई कायम राख्ने र जनतालाई सेवा प्रवाह गर्ने कार्यसूचीमा केन्द्रित रहेर अघि बढ्ने छौ,’ उनले भने ।उनले निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास निर्माणका योजना पनि प्रस्तुत गरे । पोखरेलले जनसम्पर्कको महत्त्वलाई पनि जोड दिँदै घरदैलो कार्यक्रमको माध्यमबाट आम नागरिकसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी लागेको सुनाए ।उनका अनुसार, राष्ट्रिय स्तरका एजेण्डाहरुमा देशको हित र सार्वभौमिकता सुनिश्चित गर्ने निर्णयहरुमा सधैं सक्रिय भूमिका रहनेछ भने स्थानीय विकासका कार्यहरुमा पनि निरन्तर निगरानी र पहल गर्ने पनि दोहोर्याए ।

मङ्गलबार १२ फागुन २०८२ १२:४० PM मा प्रकाशित

प्रतिक्रिया