मानहानि मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो

 

काठमाडौं - भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको अर्को दिन उनको सांसद पद गएको हो ।

भारतीय संसद् लोकसभा सचिवालयले सूचना निकालेर उनको लोकसभा सदस्यता रद्द गरिएको जनाएको छ । राहुल केरलको वायनाड सिटबाट सांसद चुनिएका थिए । भारतीय संविधानको अनुच्छेद १०२ को १ मा दोषी ठहर हुने व्यक्तिको सांसद पद खारेज हुने व्यवस्था छ ।