images

रास्वपाको सचिवालय र केन्द्रीय समितिको बैठक बस्दै 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय र केन्द्रीय समितिको बैठक बस्ने भएको छ । शनिबार सचिवालयको भर्चुअल बैठक ३ बजे र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्न लागेको हो । शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि भर्चुअल बैठकको आव्हान गरिएको सचिवालयले जानकारी दिएको छ ।  
रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक दिउसो २ बजे पार्टी कार्यालयमा बस्न लागेको हो । 
 

शनिबार ११ जेठ २०८२ १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया