images

जंगलीच्याउखाँदा एक जनाको मृत्यु, ४ जनागम्भीर बिरामी

मकवानपुर ।जंगलीच्याउँखाँदामकवानपुरमा एक जनाको मृत्यु भएको छ भने ४ जनागम्भीर बिरामी परेका छन् । 
मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँमाजंगलीच्याउको तरकारी खाँदा ४५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको हो । 
शनिबार साँझ जंगलबाट ल्याएको च्याउखाँदा चेपाङ परिवारका ५ जनागम्भीर बिरामी परेका थिए। बिरामीमध्ये बाबु दलबहादुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ 
चयाउँखाएर गम्भिर बिरामी परेकाउनलाई उपचारका लागिचितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएकोप्रहरीले जनाएको छ । 
मृतकदलबहादुरकीश्रीमतीजालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्यअवस्थागम्भीर रहेको छ। उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमाउपचार भइरहेकोजिल्लाप्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 

सोमबार १० असार २०८१ ०७:०२ PM मा प्रकाशित

प्रतिक्रिया