images

खत्याडमा रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु

मुगु । मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको छ । सुईना कर्णाल मुगु, खत्याड गाउँपालिका– ३ को संयुक्त आयोजनामा र खत्याड गाउँपालिकाको आर्थिक सहयोगमा बुधबारदेखि खत्याड गाउँपालिकाको कालिका माध्यामिक विद्यालय बुगामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराको साथ सुरु भएको प्रथम रारा खत्याड च्याम्पियनसिप गोल्डकपमा फुटबल, महिला पुरुष भलिबल खेल सञ्चालन गरिने आयोजक स्रोतले जनाएको छ । प्रतियोगितमा फुटबल खेलमा ४७ वटा टिम, पुरुष भलिबल २१ टिम र महिला भलीबल ७ वटा टिम दर्ता भएको प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप आयोजक सुईना कर्णालीका अध्यक्ष अनिल बानियाँले जानकारी दिए । खेलकुद प्रतियोगिता बिहीबारबाट सुरु भएको र प्रतियोगितामा विजेता हुने फुटबल टिमलाई कप, मेडेल र प्रमाणपत्रसहित ६० हजार, उपविजेतालाई मेडल र प्रमाणपत्रसहित २० प्रदान गरिने छ । पुरुष, महिला भलिबलतर्फ विजेता हुनेलाई कप, मेडल र प्रमाणपत्रसहित ३० हजार र उपविजेतालाई मेडेल र प्रमाणपत्रसहित १० हजार प्रदान गरिने बताइएको छ । त्यसैगरी फुटबल, भलिबलतर्फ तेस्रो हुने टिमलाई मेडलसहित प्रमाणपत्र प्रदान गरीने अध्यक्ष बानियाँले बताए । त्यस्तै, खेल अविधभर सर्वोत्कृष्ट खेलाडीलाई मेडेल र प्रमाणपत्रले सम्मान गरिने छ । आज औपचारिक कार्यक्रम उद्घाटन गरिएको र भोलिबाट खेलकुदका कार्यक्रम सञ्चाल गरिने जनाइएको छ ।
 

बिहीबार ८ कात्तिक २०८१ ०७:४१ AM मा प्रकाशित

प्रतिक्रिया