images

कोशीका २८ सिटमध्ये कम्तीमा १९ जित्ने रास्वपाको दाबी


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले कोशी प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ । मंगलबार इटहरीमा आयोजित प्रदेशस्तरीय ‘परिवर्तन उद्घोष सभा’मा उल्लेख्यजनसहभागिता देखिएपछि पार्टी नेतृत्व थप आत्मविश्वासी देखिएको हो ।सुनसरीको इटहरीस्थित कार्यक्रम स्थलमा आयोजित सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह सहित कोसी प्रदेशका विभिन्न क्षेत्रकाप्रतिनिधितथाउम्मेदवारहरूले सम्बोधन गरेका थिए । नेताहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन र पुराना राजनीतिक अभ्यासको अन्त्य गर्दै ‘नयाँ राजनीतिक संस्कार’ स्थापना गर्ने प्रतिबद्धता दोहोर्याए ।सभापति लामिछानेले २०४६सालपछि भएका सबै प्रमुख काण्डहरूको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकारी पीडितहरूको बचत रकम फिर्ता गराउने विषयलाई प्राथमिकतामा राख्ने बताए । उनले ‘राजनीतिमा जबाफदेहिता र पारदर्शिता कायम नगरी देश अघि बढ्न सक्दैन’ भन्दै परिवर्तनको एजेन्डामा जनताको साथ मागे ।त्यसैगरी, नेता शाहले देशलाई रूपान्तरण गर्न सक्षम शक्ति रास्वपा नै भएको दाबी गर्दै परम्परागत राजनीतिक दलप्रति जनताको वितृष्णा बढ्दै गएको उल्लेख गरे । उनले युवापुस्ताको आशा र अपेक्षा सम्बोधन गर्ने राजनीतिक शक्ति आवश्यक रहेको धारणा राखेका थिए ।कार्यक्रममा सहभागीहरूको उल्लेख्य उपस्थितिले पार्टी पङ्क्ति उत्साहित देखिएको थियो । सभा स्थलमा भेटिएकी एक महिलाले भनिन्, ‘कोसी प्रदेशभरि घण्टी बजिसकेको छ, अब परिवर्तनको समय आएको छ ।’ रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ प्रति सङ्केत गर्दै उनले प्रदेशमा परिवर्तनको लहर देखिएको दाबी गरिन् ।कार्यक्रम समापनपछि नेपाल न्युज बैङ्कसँग गरिएको संक्षिप्त कुराकानीमा रास्वपा कोसी प्रदेशका महामन्त्री तथा सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लालविक्रम थापाले अपेक्षा भन्दा बढी जनसहभागिता रहेको बताए ।‘जनताको उत्साहले हामी थप जिम्मेवार बनाएको छ,’ उनले भने, ‘हामी कोशीका २८ निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ क्षेत्रमा जित्ने अवस्थामा छौं भन्ने हाम्रो आन्तरिक मूल्यांकन छ ।’२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले कोसी प्रदेशमा कुनै पनि क्षेत्रमा जित हासिल गर्न सकेको थिएन । यद्यपि सुनसरी र मोरङका केही क्षेत्रमा पार्टीले प्रतिस्पर्धात्मक मत ल्याएको थियो । त्यसयता सङ्गठन विस्तार, जनसम्पर्क अभियान र स्थानीय मुद्दामा सक्रिय उपस्थितिले आफ्नो आधार विस्तार भएको दाबी पार्टी नेताहरूको छ ।

बुधबार १३ फागुन २०८२ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया