उपराष्ट्रपति जसपालाई!

काठमाडौं - बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकले भावी राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति जुटाएको छ। ८ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिन सहमति जुटेको छ भने उपराष्ट्रपति जसपालाई दिने सैद्धान्तिक सहमति भएको छ।

पुरानो गठबन्धनको बैठकमा जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी पनि मिसिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुटारमा बसेको ८ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति र उपराष्ट्रपति जसपालाई दिने सहमति जुटेको हो।

‘बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ, उपराष्ट्रपतिमा ठोस सहमति नभए पनि जसपालाई दिने आठ दलबीच सैद्धान्तिक सहमति भएको छ ’, काँग्रेसका एक पदाधीकारीले भने।