images

दोलखा समाज जापानद्वारा अक्षयकोष सहयोगार्थ बीबीक्यू कार्यक्रम आयोजना गर्ने 

टोकियो, जापान । दोलखा समाज जापानले प्रत्येक वर्षझैं यस वर्ष पनि बीबीक्यू  बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ। यस वर्षको कार्यक्रम भने अक्षयकोष सहयोगार्थ विशेष रूपमा आयोजना गरिन लागिएको अध्यक्ष संजिव पोखरेलले जानकारी दिएका छन।

कार्यक्रम आगामी ३१ मे २०२६ आइतबार टोकीयोको तोकाई पोर्ट पार्कमा सञ्चालन हुने तय भएको छ। विगतका वर्षहरूको तुलनामा यस वर्षको बीबीक्यू कार्यक्रम अझ विशेष र उद्देश्यपूर्ण हुने विश्वास आयोजकको छ।

समाजका अनुसार उक्त कार्यक्रमले जापानमा बसोबास गर्ने नेपालीहरूबीच आपसी चिनजान बढाउने, मित्रता सुदृढ गर्ने तथा सहयोगी भावना अभिवृद्धि गर्ने अवसर प्रदान गर्नेछ। साथै, अग्रज व्यक्तित्वहरूसँग भेटघाट र अनुभव आदानप्रदान गर्ने सुनौलो अवसरसमेत रहने जनाइएको छ।

दोलखा समाज जापानले जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय, विशेषगरी दोलखाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

शनिबार १२ बैशाख २०८३ ०३:४८ PM मा प्रकाशित

प्रतिक्रिया