काठमाडौँ - ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
बिहीबार बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका ६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिए ।
सवारी चालक फुङलिङ ६ का कृष्णमान गुरुङ भने घाइते भएका छन् । उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी प्रमुख गुरुङले बताए ।
दुर्घटनामा घाइते भएका अंशुमानलाई जिल्ला अस्पताल पुर्याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए। गाडी अनियन्त्रित भई पल्टिएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।