images

बागमती प्रदेश सभाको बैठक बस्दै 

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रदेशसभा हलमा बस्ने गरी बोलाइएको छ । 
आजको बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ कोविनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
आज उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रलाय, स्वास्थ्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक विनियोजनमाथि मन्त्रालयगत छलफल हुने कार्यसूचीमा उल्लेख छ । 
यसअघि पनि गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटमाथि छलफल भएको थियो। 
 

मङ्गलबार ११ असार २०८१ ०५:१४ PM मा प्रकाशित

प्रतिक्रिया