images

प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित


काठमाडौं । आगामीआर्थिक वर्ष २०८१÷०८२ को बजेट बहुमतले पारित भएको छ।  
मंगलबार अर्थमन्त्रीवर्षमानपुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा उपसभामुख सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरेका हुन् । 
सरकारका तर्फबाट अर्थमन्त्रीवर्षमानपुनले गतजेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए।
उक्त बजेटलाई अर्थमन्त्रीपुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्रीपुष्पकमलदाहाल  ’प्रचण्ड’ले  विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहितप्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजनाआयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्नशीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफदिएकाथिए।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेकाले सो मन्त्रालयको विभिन्नशीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफप्रधानमन्त्रीले  दिएकाथिए।  परराष्ट्रमन्त्री श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औं बैठकमा भागलिन इरानगएका छन् । 
बजेट पारित गराउननेकपाएमाले, नेकपामाओवादी केन्द्र, रास्वपालगायत सत्तापक्षदलले ह्विप जारी गरेका थिए। प्रतिपक्षी दल नेपालीकांग्रेसले भने बजेटको विपक्षमामतदान गर्न र बजेट पास नहुञ्जेल संसद बैठकमा अनिवार्य उपस्थितहुन पार्टीका सांसदहरूलाई निर्देशनदिएको थियो । 
बैठकमा सांसदहरूले राखेका विभिन्नमन्त्रालयको खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत गरेको थियो ।  बैठकमा ३१ वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुतभएकाथिए।
 

मङ्गलबार ११ असार २०८१ ०६:१५ PM मा प्रकाशित

प्रतिक्रिया