images

१ वर्ष भित्र गोकर्णेश्वर नगरपालिकालाई लागुऔषध मुक्त बनाउने अभियान 

काठमाडौं । १ वर्ष भित्र गोकर्णेश्वर नगरपालिकालाई लागुऔषध मुक्त बनाउने अभियान आजबाट शुरु भएको छ । आज जोरपाटीमा आयोजित एक कार्यक्रममा अभियानको घोषणा गरिएको छ । ३७ औं लागुऔषध दुरुपयोग तथा ओसारप्रसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०८१ को अवसरमा गोकर्णेश्वर नगरपालिका लागुऔषध मुक्त बनाउने अभियान घोषणा गरिएको हो । गोकर्णेश्वर २ मा रहेको सानु प्रकाश पुनस्थापना केन्द्रले आयोजना गरेको अभियान घोषणा कार्यक्रम मंगलवार नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता तथा नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, गो.न.पा ६ का वडा अध्यक्ष नवराज लामा, पूर्व नगर प्रवक्ता मनोज कुमार ढुंगाना लगायतको आतिथ्यतामा भएको थियो । साथै आज पिस ब्यांकेट देखि जोरपाटी चोकसम्म र्याली समेत आयोजना गरिएको थियो ।

मङ्गलबार ११ असार २०८१ ०५:१६ PM मा प्रकाशित

प्रतिक्रिया