फिफा महिला विश्वकप : आज ३ खेल हुँदै

काठमाण्डौँ - फिफा महिला विश्वकप फुटबलमा आज पनि ३ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार विहान सवा ११ बजे घरेलु टोली न्युजिल्याण्ड र फिलिपिन्स आमने सामने हुने छन् । 

समूह एमा रहेको न्युजिल्याण्ड लगातार दोस्रो जितको खोजिमा हुँदा फिलिपिन्स भने पहिलो जितको खोजिमा छ । पहिला खेलमा न्युजिल्याण्डले नर्वेलाई पराजित गर्दै फिलिपिन्स स्वीट्जरल्याण्डसँग स्तब्ध भएको थियो । आजको खेलमा फिलिपिन्स पराजित भएमा समूह चरणबाटै आउट हुने छ । 

यसैगरी अर्को खेलमा यही समूहमा स्वीट्जरल्याण्ड र नर्वेको खेल हुँदै छ । स्वीट्जरल्याण्ड शीर्ष स्थानमा रहेकाले आजको खेल जित्दै राउन्ड अफ सिक्सटीन नजिक पुग्ने लक्ष्यमा हुने छ । तर, प्रतियोगितामा टिकीरहनका लागि पनि नर्वेलाई जित्नै पर्ने दबाब छ । यो खेल पौने २ बजे सुरुहुने छ ।

त्यस्तै, समूह एचमा रहेको कोलम्बिया र दक्षिण कोरिया विहान पौने ८ बजे आमने सामन हुने छन् । यी दुवै टिमको पहिलो खेल हो ।