images

श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ स् मन्त्री यादव

वीरगञ्ज ९पर्सा० । खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताएका छन् ।बिहीबार पर्सा जिल्लाको श्रीसिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले श्रीसिया नदीमा दिनानुदिन बढ्दै गएको प्रदूषणको अवस्थालाई गम्भीरतापूर्वक लिँदै त्यसको तत्काल र दीर्घकालीन समाधानका लागि आवश्यक कदम चालिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।उनले भने, ‘प्रदूषण नियन्त्रणका लागि एशियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा, खानेपानी मन्त्रालयको सहलगानी आयोजना अन्तर्गत आवश्यक बजेट विनियोजन गरी कार्य योजना निर्माण गरी अघि बढाइने छ । नदीको संरक्षण र प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने छ ।’यसैगरी उनले वीरगञ्ज महानगरपालिकाले श्रीसिया नदीको बढ्दो प्रदूषण नियन्त्रणका लागि जतिसक्दो चाडो आवश्यक प्रस्ताब पेश गर्न समेत आग्रह गरे ।मन्त्री यादवले स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको सहकार्यमा मात्र प्रदूषण नियन्त्रणमा दीगो समाधान सम्भव हुने तथा नदी प्रदूषण नियन्त्रणका लागि खानेपानी मन्त्रालयका तर्फबाट आवश्यक सबै पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि महानगरपालिकाले आवश्यक प्रस्ताब पेश गर्ने जानकारी गराउनु हुँदै मन्त्रालयबाट थप आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।उक्त छलफल कार्यक्रममा, उद्योग बाणिज्य संघका प्रतिनिधि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरतकुमार बम लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
 

शुक्रबार​ १० साउन २०८२ ११:१३ AM मा प्रकाशित

प्रतिक्रिया