images

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पदाधिकारी बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन् । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
 

शुक्रबार​ १० साउन २०८२ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया