images

चाडपर्वको गरिमालाई सम्मानजनकबनाऔँ ः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितियापर्वजस्ता मौलिक चाडपर्वले समाजमाआपसी सम्मान, सद्भाव र सहिष्णुताको भावनाजागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने उल्लेख गरेका छन् ।
जितियापर्वका अवसरमा शुभकामनाव्यक्तगर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए ।साथै उनले संस्कारयुक्तआदर्श सामाजिकवातावरण सिर्जना गर्न र सदाचार जीवनशैलीअपनाउनकालागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनकबनाई निरन्तरतादिनु आवश्यक देखिएको बताएका छन् । राष्ट्रपति पौडेलले शुभकामना सन्देशमाबहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिकविविधतायुक्तविशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापितगर्दै आएको उल्लेख गरेका छन् ।उनले प्रकृतिपूजामाआधारित यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलतामिलोस् भन्ने कामना गरेका छन् ।
 

बुधबार ९ असोज २०८१ १०:३२ AM मा प्रकाशित

प्रतिक्रिया