images

विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमानेपालविद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ । पछिल्लो पटक प्राधिकरणले २४ असोजमाउद्योगहरूलाई विद्युत् महसुलबुझाउनकालागि ८ कात्तिकसम्मको समयसीमादिएको थियो । तर, उक्त समयमापनिविद्युत् महसुलनतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो । यसअघि ऊर्जामन्त्रीदीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए । तर, प्राधिकरणले गए रातिउद्योगीहरूको लाइन काटिदिएको हो । विद्युत् महसुलसम्बन्धीविवादमाप्राधिकरण र उद्योगीबीचविवाद छ । अर्घाखाँचीसिमेन्ट, घोराहीसिमेन्ट, सोनापुर सिमेन्ट, जीबी टेक्साइल, घराना फुड, गोयन्का फुड, एसआर फुड, भलबारी स्वचालितचामलमिललगायत १० उद्योगको लाइन काटिएको उद्योगीहरूले जनाएका छन् ।
 

शुक्रबार​ ९ कात्तिक २०८१ ०७:४८ AM मा प्रकाशित

प्रतिक्रिया