images

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण

काठमडौं । संशोधित नागरिकता कानुन कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जा ले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका सन्तान १९ वर्षीय डेबिट पोख्रेल र १७ वर्षीया प्रियंका पोख्रेलले नागरिकता प्राप्त गरेका हुन् । नेपाली आमा र भारतीय बाबुबाट जन्मिएका उनीहरूलाई कानुनी व्यवस्था नहुँदा लामो समय नागरिकता लिन कठिनाइ थियो ।नेपाल नागरिकता चौथो संशोधन ऐन तथा नियमावली २०८२ अनुसार नेपाली आमा र विदेशी बाबुबाट नेपालमै जन्मी बसेकालाई जिल्लाबाटै अंगीकृत नागरिकता दिने व्यवस्था भएपछि नागरिकता वितरण सम्भव भएको हो ।प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले अब आवश्यक कागजात पूरा गर्ने अन्य पात्र व्यक्तिले पनि नागरिकता पाउने बताउनुभएको छ । प्रशासनले प्रक्रिया थप सहज र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

बिहीबार १४ फागुन २०८२ ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया