images

पर्वतमा तेस्रो जितको खोजीमा पदम गिरी, मतदाता पछुताउन नपर्नेगरी काम गर्ने

पर्वत । एमालेकातर्फबाट पर्वत क्षेत्र नम्बर १ का उम्मेदवार पदम गिरीले संघीय संसदले गर्ने काम भनेको ठूला योजनाको काम भएको बताएका छन् । उनले जनताको माग एकातिर काम अर्कातिर भएको पनि बताए ।चुनावी घरदैलोमा रहेका उनले संघीय संसदको भूमिका मेगा प्रोजेक्टको काम गर्ने तर गाउँका सानातिना योजनाहरुको काम स्थानीय सरकारले गर्ने बताए । आफूलाई जिताउने मतदाता कहिल्यै पनि पछुताउनु नपर्ने पनि बताए ।‘मैले वितेको ८ बर्षमा गलत काम गरेको छैन । सो हिसाबले मलाई चुनाव जित्न गार्हो थिएन तर यस पटक सूर्चमा केही बादल लागेकाले धेरै महेनत गर्नुपरिरहेको छ,’ उनले भने ।एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेस र एमालेका उमेदवार तेस्रोपटक आमनेसामने भएका हुन् ।०७४ को चुनावमा कांग्रेसले ०५६ देखि अपराजित अर्जुनप्रसाद जोशीलाई उमेदवार बनाएको छ । त्यसबेलाको बाम गठबन्धनबाट एमालेका गिरी यस पटक पुनः विजयी हुने दौडमा छन् । पर्वतमा जोशी र गिरी तेस्रोपटक आमनेसामने भएका हुन् । गिरीले जिते भने ह्याट्रिक जित हुन्छ । जोशीले जिते ह्याट्रिक हारबाट जोगिनेछन्।

बिहीबार १४ फागुन २०८२ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया