काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।
यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो । १४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु भएको हो । बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी थुनछेक बहस हुनेछ ।
फरार रहेका अन्य १४ जनाको भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ ।