काठमाडौँ - प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले ललिता निवास जग्गा अनियमितता प्रकरणमा फेरि अनुसन्धान सुरु गरेको छ ।
डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले अघि बढाउन थालेको हो । त्यस क्रममा प्रहरीले योजनाकारमध्येका एक भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अरु ४ जना पुराना कर्मचारीलाई पक्राउ गरेको हो ।