images

कल्पतरु—महाकवि देवकोटा प्रज्ञा पुरस्कार प्रा.डा. महादेव अवस्थीलाई प्रदान गरिने । 

कात्तिक १०, काठमाडौं । कल्पतरु प्रज्ञा प्रतिष्ठानले यस वर्षको कल्पतरु—महाकवि देवकोटा पुरस्कार वरिष्ठ साहित्यकार÷शिक्षासेवाी प्रा.डा. महादेव अवस्थीलाई प्रदान गर्ने भएको छ । यही कात्तिक २२ गते राजधानीमा देवकोटा जयन्तीको अवसरमा एक कार्यक्रम गरी रु. २५ हजार राशी सहितको  कल्पतरु—महाकवि देवकोटा पुरस्कार प्रा.डा. अवस्थीलाई अर्पण गरिने प्रतिष्ठानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवसरमा आ.व. २०८२/८३ भर कल्पतरु द्वैमासिकमा प्रकाशित सर्वोत्कृष्ट सिर्जनाका सर्जकलाई प्रदान गरिने कल्पतरु—सर्वोत्कृष्ट पुरस्कार वरिष्ठ साहित्यकार बाजुराम पौडेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी रु. १० हजार रहेको छ । वरिष्ठ शिक्षाविद् एवं कुटनीतिज्ञ प्रा.डा.जयराज आचार्यको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा कल्पतरू अन्तर्राष्ट्रिय सम्मान खेमराज पोख्रेल (अमेरिका), कल्पतरू नारी साहित्यकार सम्मान सीता पाण्डे र कल्पतरू बाल साहित्य पुरस्कार लर्डस्लाइट एकेडेमीका युगल नारायण पन्तलाई अर्पण गरिनेछ । आ.व. २०८२/८३ मा प्रकाशित कल्पतरू पत्रिकाका समीक्षकहरू शशीश्री आचार्य, कालिकाप्रसाद तिमल्सिना, बुद्धिराज पाण्डे, शरद परासर मरहठ्ठा, मेनुका पोखरेल र सोही अवधिका प्रत्येक अंकका उत्कृष्ट सर्जक हरिभक्त सिग्देल, दिलिप अर्याल, विसु कुमार केसी, शारदा देवकोटा लगायतलाई पनि सोही कार्यक्रममा सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष नवराज पुडासैनी ‘ज्योत्सना’ ले जानकारी दिनुभयो ।

मङ्गलबार ११ कात्तिक २०८३ ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया