नेपाल इन्टरनेशनल हेल्थ सर्भिस ९एनआइएचएस०ले शनिबार काठमाडौंको वसन्तपुर डबलीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाउने, समयमै रोग पहिचान गर्ने र आमनागरिकको स्वास्थ्य सुधारमा योगदान पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको थियो ।शिविरमा क्यान्सर, अर्थोपेडिक, ग्यास्ट्रोलोजी लगायतका क्षेत्रमा विशेषज्ञता हासिल गरेका ४–५ जना चिकित्सकले निशुल्क ओपिडी स्वास्थ्य जाँच तथा परामर्श दिएका थिए। एनआइएचएसका संस्थापक अध्यक्ष रूप नारायण साहका अनुसार शिविरमा सहभागीलाई विभिन्न रोगसम्बन्धी विशेषज्ञ परामर्शका साथै रगत परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो।स्वास्थ्य शिविरका केही झलक तस्बिरहरू यहाँ प्रस्तुत गरिएका छन्।
प्रतिक्रिया