खाली भयो सरकार, १६ मन्त्रालयको भारी बोक्दै प्रधानमन्त्री !

काठमाडौँ - सरकार बनेको दुई महिनामै गठबन्धन भत्किएपछि प्रधानमन्त्रीलाई मन्त्रलायको भार थपिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपापछि एमाले सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय खालि भएका छन् । रास्वपा र राप्रपाले सम्हालेका ३(३ मन्त्रालय यस अघि खालि भएका थिए भने एमालेले सोमबार सरकार छोडेपछि ८ मन्त्रालय खालि भएका छन् । त्यस्तै यस अघि नै प्रधानमन्त्री आफैले राखेका दुई मन्त्रालय गरि अहिले १६ मन्त्रालय मन्त्री विहिन बनेका छन् ।

अहिले सरकार निर्माणदेखि नै प्रधानमन्त्रीसँगै रहेका वन तथा वातारण, युवा तथा खेलकुद मन्त्रालय रहेका थिए । त्यसपछि नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलापछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्रालय खालि भएको थियो । फेरी गृह मन्त्रालय नपाउने भएपछि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का २ मन्त्री र १ राज्यमन्त्रीले सरकार छाडेका थिए । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय खाली भएका थिए । यी मन्त्रालय पनि प्रधानमन्त्री आफैले राखेका थिए । 

त्यस्तै आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो । राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री थिए । राप्रपाबाट उप प्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले राजीनामा दिएका थिए । त्यसैगरी उर्जा राज्यमन्त्री दीपक सिंहले पनि राजीनामा दिएका थिए ।

राप्रपाको भागमा परेको ऊर्जा, जलस्रोत तथा सिंचाइ, सहरी विकास, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पनि प्रधानमन्त्रीले आफैसँग राखेका छन् ।
का छन् ।