images

रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ । 
नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८२ रन मात्र बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ६३ रनको योगदान दिए । उनले उनले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । 
त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ५०, कुशल मल्लले ११ रन बनाए । यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १८४ रन जोड्यो। नेदरल्यान्ड्सका लागि साइब्रान्डले नटआउट ४९ रन जोडे । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । नेपालका करण केसी र कुशल मल्लले १–१  विकेट लिए । 
 

बुधबार १५ फागुन २०८० ०७:२५ PM मा प्रकाशित

प्रतिक्रिया