images

सावित्राले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने पक्का

काठमाडौं ।नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले साउदी अरेवियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल नखेल्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सामाजिक सञ्जालमार्फत सावित्राले फाइनल नखेल्ने पुष्टि गरेको छ । फ्रान्सको क्लब एन अभान्ट ग्वेगाम्पमा अनुबन्धित सावित्रा फिफा विन्डोमा रहेको टोलीको खेलमा मात्र अनिवार्य सहभागिता हुन पाउने प्रावधान छ । वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको थियो । सेमिफाइनल फिफा विन्डोभन्दा बाहिर रहे पनि फ्रान्सेली क्लबले अनुमति दिँदा उनले मंगलबार सेमिफाइनल खेलेकी थिइन् । तर, अब उनले फाइनल भने खेल्न पाउने छैनन् । सावित्राको क्लबले मार्च २ तारिखमा खेल खेल्ने भएकाले फाइनल गुमाउने छिन् । सावित्राले जारी प्रतियोगिताका चार खेल खेल्दा ९ गोल गरेकी छिन् । उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि हुन् । 

बुधबार १५ फागुन २०८० ०७:३२ PM मा प्रकाशित

प्रतिक्रिया