६६९ मेगावाट क्षमताको तल्लो अरूण भारतीय कम्पनी सतलजलाई दिने निर्णय

,काठमाडौँ - लगानी बोर्डको ५४औं बैठकले तल्लो अरूण जलविद्युत परियोजना विकास सम्झौता (पिडिए) को अन्तिम मस्यौदा दस्तावेज स्वीकृत गरी अनुमोदनका लागि मन्त्रीपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।