images

गुल्मी तम्घासमा एचए पढाइ सुरु

गुल्मी ।  गुल्मीमा याे वर्ष देखि एचए पढाइ सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको तम्घास टेक्निकल शिक्षालयमा याे वर्ष देखि एचए तीन बर्षे काेर्ष सुरु भएको हाे । २०५२ सालदेखि अनमिलाई पढाउँन सुरु गरेको यश शिक्षालयमा पहिला सिएमए र अनमि पढाइ हुने गर्दथेयाे । सिएमए र अनमि पढाइ हुन छाडेपछि शिक्षालयले एचए पढाइ सुरु गरेकाे शिक्षालयका अध्यक्ष शेर बहादुर थापाले बताए ।

उनले यश शिक्षालयमा अध्यान गरेका बाउन्न प्रतिशत बिद्यार्थी गुल्मिकै स्वास्थ्य क्षेत्रमा आवद्द रहेको जानकारी दिएका छन् । यश शिक्षालयमा अध्यायन गर्न गुल्मीका संगसंगै बाजुरा, रुकुम,सुर्खेत ,कालिकोट ,मुगु बाट पनि अध्यायन गर्न आउने गर्दछन।

 

मङ्गलबार १२ मंसिर २०८० १२:३२ PM मा प्रकाशित

प्रतिक्रिया