चितवन - पहिरोका कारण अवरुद्ध भएको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सडकको पहिरो पन्छाएर बिहान ८ः५५ बजेदेखि सडक पुनः दुईतर्फी नै सञ्चालन आएको प्रहरीले जनाएको छ ।
यसअघि आज बिहानै १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो ।
पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।