images

काभ्रे हेभी इक्युपमेन्टको चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन

काभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघ काभ्रेको चौथो जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिबेशनले प्रभुराम श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा रामशंकर कर्माचार्य, सचिव गोकुलप्रसाद भुर्तेल, सह सचिव रामहरी भण्डारी रहेका छन् भने कोषाध्यक्ष धरसमान तामाङ रहेका छन् । सदस्यहरुमा मदन नेपाल, अरुण उलक, दिलदोर्जे लामा, माधवप्रसाद कँडेल, दिनेश सापकोटा र सुधीर श्रेष्ठ रहेका छन् । जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रिय अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

सभाको उद्घाटन सत्रमा यातायात तथा निर्माण क्षेत्रसँग सम्वन्धित विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । अधिबेशन संयोजक प्रभुराम श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो ।

बुधबार १३ मंसिर २०८० १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया