काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३९९.६६ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, कारोबारको आधारमा शिवम सिमेन्ट को प्रमोटर सेयर अग्रिम स्थानमा छ । यसको आज १४ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा सोल्टी होटल र एभरेष्ट बैंकको कारोबार भएको छ ।