काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तमु ९गुरुङ० जातिको महान पर्व तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देशमार्फत खड्काले तमु ल्होसारले तमु जातिको धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सबैलाई प्रेरित गर्ने उल्लेख गरेका छन् । उनले ल्होसारलाई तमु समुदायको नयाँ वर्षका रूपमा मनाइने ऐतिहासिक र सांस्कृतिक पर्व भएको बताएका छन् ।कार्यवाहक सभापति खड्काका अनुसार तमु ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना मजबुत बनाउँदै आएको छ । यस्तो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई थप प्रगाढ बनाउने उनको भनाइ छ ।
प्रतिक्रिया