बाँकेको बैजनाथ गाउँपालिका वडा नं। ३, सुतैयामा अवस्थित मानव निर्मित कृत्रिम कन्वा ताल करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।स्थानीय समुदायका लागि मात्र होइन, समग्र जिल्लाकै महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा यो ताल परिचित बन्दै गएको छ । हरियाली वन, शान्त वातावरण र स्वच्छ पानीले भरिएको यो ताल आज पर्यटकीय तथा जैविक विविधताको दृष्टिले उल्लेखनीय स्थल बनेको छ ।ताल अवलोकन तथा मनोरञ्जनका लागि आन्तरिक र बाह्य दुवै पर्यटकहरू यहाँ आउने गर्दछन् ।
प्रतिक्रिया