ओसाका, जापान । जापानको ओसाकामा विश्वमै प्रतिष्ठित मानिने ओसाका कान्साई एक्स्पो सुरु भएको फ्रान्समा मुख्य कार्यालय रहेको ब्युरो अफ इन्टरनेसनल एक्सपोजिसनले सञ्चालन गरेको एक विश्व प्रदर्शनी हो ओसाका एक्स्पो ।
नेपालसहित विश्वका एक सय ५८ देशको सहभागिता रहेको एक्स्पो गत अप्रिल १३ तारिखबाट सुरु भएको एक्स्पो अक्टोबर १३ तारिखसम्म चल्ने छ । एक्स्पो अन्तर्गत हरेक पाँच वर्षमा आयोजक देश र स्थलको छनोट गरिन्छ । गत अप्रिल १३ तारिखबाट एक्स्पो सुरु भए पनि नेपाल मण्डप भने निर्मांण सम्पन्न हुन सकेको थिएन ।
निर्माण कम्पनीलाई निर्माण लागत तिर्न नसक्दा ‘नेपाल पोभेलियन’ निर्माण रोकिएको थियो । निकै चासोका साथ हेरिएको नेपाल पोभेलियन’ गत जुलाई १९ तारिबाट सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । खुल्ला गरिएपश्चात लाखौं जापानी तथा विदेशी पर्यटकहरुले अवलोकन गरिरहेका छन । यिनै एक्सोका केही मुख्य तस्विरहरुको संगालो फोटो फिचर मार्फत हेरौं
प्रतिक्रिया