images

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज

काठमाडौं । नेकपाएकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।बैठक पार्टी केन्द्रीयकार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने भएको छ । 
एकीकृत समाजवादीको हालै सम्पन्नमहाधिवेशनले पदाधिकारी र केन्द्रीय छनौट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएपनिअहिलेसम्म छनौट गर्न सकेको छैन ।
महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहिततीनपदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकीपदाधिकारी र सदस्य चयन गर्न सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यको छनौट गर्न सहमतिबनाउने प्रयास गरिएकाले बैठक सारिएको बताइएको छ ।
यस अघि सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेपछि आजकालागि सारिएको छ । पार्टी विधानअनुसार २९९ सदस्यीयकार्यसमितितथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीयकार्यसमितिविस्तार हुनेछ ।
सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भूगोल, क्षेत्र तथा सन्तुलनमिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायतविषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन् ।
 

बुधबार १६ साउन २०८१ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया