images

राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ स् डा। शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले बदलिँदो विश्व राजनीति र आन्तरिक चुनौतीकाबीच बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति अझ सान्दर्भिक बनेको बताएका छन्।राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा जारी सन्देशमा नेता कोइरालाले आजभन्दा पाँच दशकअघि विश्व महाशक्तिहरूको द्वन्द्व र दबाबबीच नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशलाई सुरक्षित राख्न बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।उनले आज फेरि विश्व राजनीति महाशक्तिहरूको स्वार्थ र दबाबतर्फ उन्मुख भइरहेको भन्दै यस्तो अवस्थामा बीपीको विचारलाई मन, वचन र कर्मले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए ।राष्ट्रिय एकता र मेलमिलाप अब नेपाली कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उनको भनाइ छ।

बुधबार १६ पुस २०८२ १०:११ AM मा प्रकाशित

प्रतिक्रिया