images

भदौ २४ को घटनामा हालसम्म कति मुद्दा दर्ता

नेपाल प्रहरीका अनुसार भदौ २४ गतेको घटनासँग सम्बन्धित विभिन्न १३ थरीका कसुरमा ९६३ जनामाथि मुद्दा चलाइएको छ। आपराधिक उपद्रव शीर्षकमा ८०२ वटा मुद्दा दर्ता भएका छन्। उक्त कसुरमा प्रहरीले ६९१ जनालाई पक्राउ गरेको थियो जसमध्ये २०३ जना अभियुक्त काठमाण्डूमा पक्राउ परेका थिए। प्रहरीले कर्तव्य ज्यान शीर्षकमा चारवटा मुद्दा दर्ता गराइएको उल्लेख गर्दै २० जना अभियुक्त पक्राउ परेको जनाएको छ। उक्त अभियोगमा काठमाण्डूमा तीनवटा मुद्दा दर्ता गरिएको र १८ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। त्यसबाहेक धादिङमा दुई जनालाई पक्राउ गरिएको थियो र उक्त कसुरमा एउटा मुद्दा चलाइएको छ।

बुधबार १८ चैत २०८२ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया