images

श्रमसम्बन्धी संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु प्रमुख कार्यभार ः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रूपले लागिरहेको बताएका छन् । ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रूपले लागिरहेको छ ’ जारी सन्देशमा भनिएको छ । बुधबार विश्व श्रमिक दिवस, २०२४ का अवसरमा शुभकामना दिदै दाहालले श्रमिकको हितलाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेका छन् । श्रम सम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिवद्ध रहेको बताएका दाहाललेश्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने उल्लेख गरेका छन् । संविधानमा उल्लेखित श्रमिकका हक अधिकार र व्यवस्थालाई कार्यान्वयन गर्नु नै सरकारको महत्वपूर्ण कार्यभार भएको दाहालले बताएका छन् । जारि विज्ञप्तिमा भनिएको छ, ‘नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो।श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ ।’
युवा तथा बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको जिकिर दाहालले गरेका छन् । 
 

बुधबार १९ बैशाख २०८१ १०:१५ AM मा प्रकाशित

प्रतिक्रिया