काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गरिएको छ । मुख्यालय परिसरमा उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको हो । उनलाई भाजपाका अध्यक्ष नितिन नवीनलगायतका पदाधिकारीले स्वागत गरेका हुन् । लामिछानेसहितको टोलीले मुख्यालयको अवलोकन गर्दै दुई देशको सम्बन्धलाई थप मजवुद बनाउने विषयमा दुई पक्षीय संवाद भएको थियो ।

यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । भारतीय जनता पार्टीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै रचनात्मक संवादको लागि तत्पर रहेको बताएको छ ।
यसअघि मंगलबार दिउँसो ४ बजे पार्टी मुख्यालयमा ‘भाजपालाई चिन्नुहोस्’ पहल अन्तर्गत १२ देशका प्रतिनिधिहरूसँग भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले अन्तरक्रिया गरेका थिए। अन्तरक्रियामा भाजपाको विदेश मामिला विभागका प्रभारी विजय चौथाईवाले पनि उपस्थित थिए ।
भाजपाको मुख्यालयले लामिछानेको नाममा रात्रिभोजको आयोजना गर्ने समेत जनाएको छ । यसअघि शनिबार भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले भाजपाको यात्रा केवल राजनीतिक दलको विस्तारको कथा मात्र नभएर राष्ट्रवाद, सांस्कृतिक चेतना, सेवा, संघर्ष र समाजको अन्तिम व्यक्तिसम्म विकास पु¥याउने संकल्पको ऐतिहासिक यात्रा भएको बताएका थिए।(एएनआइ)
प्रतिक्रिया