काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दै छ ।उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा जारी खेल आज नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् र एक्लैले ४ गोल पनि गरिन् ।यस अघि श्रीलंकाले भने घरेलु टोली उज्बेकिस्तानसँग १०–० को फराकिलो हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र श्रीलंका १० पटक आमुन्नेसामुन्ने भएका छन् । महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ । फिफा वरियतामा नेपाल १००औं तथा श्रीलंका १५९औं स्थानमा छन् ।समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । फिफा वरियतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोलीको रूपमा छ । नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन ।
प्रतिक्रिया