images

गोरखामा रात्रिबस दुर्घटना ः २१ जना घाइते 

काठमाडौं ।  काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ । मंगलबार बिहान गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका  डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार बसमा सवार २२ जनामध्य २१ जना घाइते भएका छन् । केही घाइतेहरुको अवस्था गम्भिर छ भने दुई जना घाइतेलाई काठमाडौं रिफर गर्ने तयारी भईरहेको पनि उनले जानकारी दिएका छन् । बस बे्रक फेलका कारण अनियन्त्रित भएर रोडभन्दा ४ मिटर तल खसेको पनि उनले जानकारी दिएका छन् । 
 

मङ्गलबार १७ भदौ २०८२ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया