images

जापानस्थित नेपाली दूतावासद्वारा शंकास्पद तथा हुण्डी कारोबार नियन्त्रणमा सहयोग गर्न अपिल

टोकियो, जापान – जापान स्थित नेपाली दुतावासले  शंकास्पद तथा हुण्डी कारोबार नियन्त्रण र निर्मूल गर्ने कार्यमा सहयोग गर्न जापानमा रहेका नेपाली समुदायसँग अनुरोध गरेको छ।

दूतावासले २६ नोभेम्बर २०२५ मा जारी गरेको सूचनामा विदेशमा रही अनौपचारिक रूपमा विप्रेषण रेमिट्यान्स कारोबार गर्ने वा संकलित रकम नेपाल नपठाउने सम्बन्धी जानकारी दिन आग्रह गरिएको उल्लेख छ। प्राप्त सूचनाहरू नेपालका सम्बन्धित निकायमा पठाइएको दूतावासले जनाएको छ।

सूचनापछि पछिल्लो तीन महिनामा जापानबाट औपचारिक माध्यमबाट नेपाल पठाइने रेमिट्यान्समा निरन्तर वृद्धि भएको तथ्य नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको दूतावासले जनाएको छ। औपचारिक प्रणालीमार्फत नेपाल रेमिट्यान्स पठाउने मुलुकमध्ये जापान १०औँ स्थानमा रहेको पनि उल्लेख गरिएको छ।

साथै, नेपाल राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान निकायबाट शंकास्पद तथा हुण्डी कारोबारबारे निरन्तर अनुसन्धान भइरहेको अवस्थामा जापानबाट त्यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न नहुन तथा यससम्बन्धी जानकारी भएमा नेपालका सम्बन्धित निकाय वा दूतावासमा पठाई सहयोग गर्न पुनः अनुरोध गरिएको छ। दूतावासले प्राप्त सूचना अत्यन्त गोप्य राखिने विश्वास दिलाएको छ । 

बुधबार २० फागुन २०८२ ०२:३२ PM मा प्रकाशित

प्रतिक्रिया