लमजुङ - झाडापखलाले लमजुङमा एक बालकको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका २ घनपोखरा भाचे भदौरेका ६ वर्षका सन्दिप परियारको झाडापखलाबाट मृत्यु भएको हो ।
बालकलाई सोमबारदेखि झाडापखला लागेको आममा सीमा विकले जानकारी दिइन् । विरामी बालकलाई मंगलबार विहान उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताइन् ।