बाँके कोहलपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको सुविधा सम्पन्न भवनको निर्माण कार्य निर्माण कम्पनीले पूरा गर्दा समेत भुक्तानी नभएपछि कार्यालयमा तालाबन्दी गरिएको छ । कुल ५ करोड ४८ लाख ८५ हजारमा उक्त कार्यालयको निर्माण कार्य पूरा गरेको एक वर्ष भइसक्दा समेत सम्बन्धित निर्माण कम्पनीले पाउनुपर्ने रु. एक करोड अझै भुक्तानी नभएपछि आज तालाबन्दी गरिएको हो । निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष लिलाराज उपाध्यायको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएको थियो । यसैबीच नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले विहिवार विज्ञप्ति जारी गर्दैै निर्माण व्यवसायी संघ बाँकेको नेतृत्वमा गरिएको तालाबन्दी प्रति पूर्ण ऐक्वद्धता जनाउनु भएको छ ।
प्रतिक्रिया