images

हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेशनको निरीक्षण गर्दै निर्माणाधीन प्रसारणलाइनका दुई मल्टिसर्किट टावरको प्रगति विवरण लिएका छन् । निरीक्षणका क्रममा उनले देशको ऊर्जा प्रणालीको मेरुदण्डका रूपमा रहेको प्रसारणलाइनको बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिए । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारणलाइनअन्तर्गत निर्माण गर्नुपर्ने १६ वटा टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन् । बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उनले बताए । ‘१४ वटा टावर तयार भइसकेका छन् । बाँकी दुईवटा टावरको कार्यप्रगति पनि राम्रो छ । १०–१५ दिनमै तयार गरेर चार्ज गर्छौं,’ उनले भने । उनका अनुसार प्रसारणलाइनलाई राष्ट्रिय विद्युत् प्रणालीको ‘ब्याक बोन’का रूपमा लिइएको छ । यो लाइन सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता बढ्नुका साथै आन्तरिक खपत विस्तार र विद्युत् निर्यातसमेत बढाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ । मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर प्रसारणलाइन सम्पन्न भएपछि नेपालको विद्युत् प्रणाली थप सन्तुलित र गुणस्तरीय हुने बताए । उनका अनुसार प्रसारणलाइनले पूर्व–पश्चिम विद्युत् प्रवाहलाई थप सुदृढ, भरपर्दो र दिगो बनाउनेछ । प्रसारणलाइन सञ्चालनमा आएपछि देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो हुनुका साथै बढ्दो औद्योगिक विद्युत् माग व्यवस्थापनमा समेत सहयोग पुग्ने मन्त्रालयको भनाइ छ । यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् खेर जान नदिन तथा भारतलगायत छिमेकी मुलुकसँगको अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्नसमेत पूर्वाधार तयार गर्ने अपेक्षा गरिएको छ । हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको निर्माण लामो समयदेखि विभिन्न कारणले अघि बढ्न सकेको थिएन । मन्त्री श्रेष्ठको पहलमा मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अघि बढाइएपछि आयोजना निर्माणले गति लिएको प्राधिकरणले जनाएको छ । प्रसारणलाइन सम्पन्न भएपछि राष्ट्रिय ग्रिडको विद्युत् वहन क्षमता तथा प्रणालीको 

आइतबार​ १८ असोज २०८३ १०:३२ AM मा प्रकाशित

प्रतिक्रिया