images

काठमाडौंको तापक्रम ३।० डिग्रीमा झर्यो, चिसो बढ्यो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ ।जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३।० डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै ललितपुर खुमलटारको २।८, भक्तपुर नगरकोटमा २।८, सिन्धुपाल्चोक चौताराको ५।५ डिग्री सेल्सियस मापन भएको छ ।लुक्ला विमानस्थलको तापक्रम माइनस ०।५ डिग्री सेल्सियस रहेको छ भने जुम्ला विमानस्थलको तापक्रम माइनस ५।९, हुम्ला सिमकोट विमानस्थलको तापक्रम माइनस ५।१ डिग्री सेल्सियस रहेको छ ।

सोमबार २१ पुस २०८२ १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया