images

युरोकप ः क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनी आमनेसामने 

काठमाडौं । जारी युरोकपमाआजदेखि क्वाटरफाइनल चरणका खेलहरु हुँदैछन् । 
क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचप्रतिस्पर्धा हुँदैछ । 
यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुँदै छ ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनमापुगेको हो । 
त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजितगर्दै क्वाटरफाइनमापुगेको हो ।
यस युरोकपकाप्रमुखदाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचकहुने देखिएको छ ।
स्पेन र जर्मनीबीचअहिलेसम्म २६ खेल भएका छन् । जसमाजर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।

शुक्रबार​ २१ असार २०८१ ०४:२३ PM मा प्रकाशित

प्रतिक्रिया