images

४ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ४ हजार २ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार कायम भएको छ ।हिजो बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो ।त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो चाँदी अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार​ २३ माघ २०८२ ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया